काठमाडौं-मुग्लिन–नारायणगढ सडकखण्डमा फेरि पहिरो गएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मुग्लिननजिकै तुइन खोलाछेउमा फेरि ठूलो पहिरो गएको हो । पहिरो जानेक्रम जारी रहेको हटाउन समस्या भएको छ ।
हिजो साँझ सवा ७ बजेदेखि पहिरो झरेका कारण उक्त सडकखण्ड पूणरूपमा अवरुद्ध छ । १४ घण्टादेखि सवारी आवागमन दुवैतर्फ ठप्प भएको छ ।
पहिरो झर्नेक्रम अझै जारी छ । यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न कार्यालयले आग्रह गरेको छ ।