झापा-झापामा एक जङ्गली हात्ती मृत फेला परेको छ । जिल्लाको मेचीनगर नगरपालिका-१ देवीगञ्जमा आज बिहान स्थानीयले धान खेतमा हात्ती मृतावस्थामा फेला पारेका हुन् ।
मृत हात्ती वयस्क पोथी भएको र पोस्टमार्टम भइरहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । वन्यजन्तु संरक्षण अभियन्ता शंकर लुइँटेलले मृत हात्ती २२ वर्ष जति उमेरको भएको बताए ।
के कारणले हात्ती मर्यो भन्ने थाहा नभएकाले पोस्टमार्टमपछि मृत्युको कारण खुल्ने छ ।