mega darknetmega darknet
AarthikBikash
शनिबार, अशोज ४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • मुग्लिनसहित देशभरका मुख्य सडक अवरुद्ध बनेपछि यातायात मन्त्रालयमा आकस्मिक बैठक

मुग्लिनसहित देशभरका मुख्य सडक अवरुद्ध बनेपछि यातायात मन्त्रालयमा आकस्मिक बैठक

  • शनिबार, अशोज ४, २०८२
मुग्लिनसहित देशभरका मुख्य सडक अवरुद्ध बनेपछि यातायात मन्त्रालयमा आकस्मिक बैठक

काठमाडौं-मुग्लिनसहित देशभरका मुख्य सडक अवरुद्ध भएपछि यातायात मन्त्री कुलमान घिसिङले सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासंघ र मजदुरहरूसँग संयुक्त छलफल गरेका छन् ।

देशका मुख्य सडक अवरुद्ध भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शनिबार बैठक बसेको हो । बैठकमा यातायात व्यवसायीहरूले रात्रिबस दिउँसो चलाउन माग गरेका छन् ।

व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले बाढी पहिरोका कारण अहिलेको परिस्थिति नाजुक रहेको बताउँदै उनले रातको समयमा चल्ने बसलाई दिउँसो चलाउनु उपयुक्त हुने बताए ।

दसैँ तिहारका लागि यातायात व्यवस्थापन कसरी सहज बनाउने भन्ने विषयमा तत्काल आवश्यक उपाय खोज्न समेत उनले सरकारलाई आग्रह गरे ।

यस्तै महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मुग्लिन, दाउन्ने, आँबुखैरेनी र चौकी डाँडाजस्ता प्रमुख सडक अवरुद्ध हुँदा सवारी आवागमन अस्तव्यस्त बनेको बताए।  उनले परिस्थिति हेरेर अहिले दुई रतीन दिनका लागि मात्र टिकट बुकिङ खुला गरेको जानकारी दिए ।

बैठकमा मन्त्री कुलमान घिसिङले चाडपर्वमा यातायात सहज बनाउन कसरी फास्ट ट्रयाकमा काम गर्ने भनेर आन्तरिक छलफलपछि समस्या समाधान गरिने बताए ।

बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासङ्घलगायतका सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार