काठमाडौं-अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री बन्ने सूचीबाट डा. संगीता कौशल मिश्रको नाम हटाएकी छिन् ।
आइतबार कार्कीले मिश्रलाई स्वास्थ्यमन्त्रीमा सिफारिस गर्दै पाँच जनाको नाम राष्ट्रपति कार्यालयमा पठाएकी थिइन् ।
तर मिश्रविरुद्ध प्रश्न उठेपछि आज उनको नाम काटेर पुनः चार जनाको नाम मात्र राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाइएको हो । स्रोतका अनुसार हिजोको सूची सच्याएर आज पुनः चार मन्त्रीको नाम मात्र पठाइएको छ ।
मन्त्री बन्ने निश्चित भएपछि मिश्रले आइतबार नै मन्त्रालयको अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन् । अब अनिलकुमार सिन्हा, महावीर पुन, मदन परियार र जगदीश खरेलले मात्रै आज दिउँसो २ बजे सपथ ग्रहण गर्नेछन् ।