काठमाडौं-नेपाली बजारमा सुनको मूल्य सोमबार तोलामा ७०० रुपैयाँले बढेर हालम्मकै उच्च विन्दुमा पुगेको छ ।
यस दिन सुनको मूल्य तोलाको दुई लाख १७ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार पनि सुन प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा खरिद-बिक्री भएको थियो ।
यस्तै चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । चाँदीको मूल्य एकैदिन तोलामा ४० रुपैयाँले बढेको महासंघले जनाएको छ ।
चाँदी प्रतितोला दुई हजार ६६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला दुई हजार ६२० रुपैयाँमा कारोबार भएको थियो ।