mega darknetmega darknet
AarthikBikash
मङ्लबार, अशोज २१, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • मधेस सरकारबाट बाहिरिने कांग्रेसको निर्णय

मधेस सरकारबाट बाहिरिने कांग्रेसको निर्णय

  • बुधबार, अशोज ८, २०८२
मधेस सरकारबाट बाहिरिने कांग्रेसको निर्णय

काठमाडौं-नेपाली कांग्रेसले मधेस प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । बुधबार कांग्रेसको प्रदेश पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

मुख्यमन्त्रीको दलले नै नाटकीय निर्णय गरेपछि सरकारको औचित्य सकिएकाले कांग्रेसले समर्थन फिर्ता लिनुपरेको मधेस कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले जानकारी दिए ।

अब सरकार गठनका लागि उचित विकल्पमा छलफल हुने यादव बताउँछन् । पहिलो प्राथमिकता भने आफ्नै नेतृत्वमा सरकार बनाउने हुने उनको भनाइ छ ।

यसअघि जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारीसहितको पत्र प्रदेश प्रमुखको कार्यालय र प्रदेशसभा सचिवालयमा जानकारी गराइसकेको छ ।

तर मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिन अस्वीकार गरेका छन् । उनी विश्वासको मत लिने तयारीमा छन् । तर, कांग्रेसको बहिरगमनसँगै मुख्यमन्त्रीले आवश्यक संख्यामा विश्वासको मत पुर्‍याउन सक्ने अवस्था देखिँदैन । त्यसपछि पुनः नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

मधेस प्रदेश सभामा पहिलो पार्टी रहेको एमालेको २३ तथा कांग्रेसको २२ सिट छ । त्यसपछिका जसपा नेपालको १९ र जनमत पार्टीको १३ सिट छ ।

सम्बन्धित समाचार