काठमाडौं-सरकारले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेका नेताको घरमा भेटिएको नगद रकमबारे छानबिन सुरु गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
गत भदौ २३ र २४ मा भएको जेनजी पुस्ताको आन्दोलनको क्रममा आगजनीमा परेका कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरूको घरमा नगद रकम जलेको भेटिएको थियो ।
प्रधानमन्त्री कार्कीले विगतका भ्रष्टाचार प्रकरणहरूबारे सरकार जानकार रहेको उल्लेख गर्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही अघि बढाइने स्पष्ट पारिन् ।
‘वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारका बारेमा छोटो समयमा प्रष्ट जानकारी पाइसकेको छ । तसर्थ यसको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको प्रक्रिया अगाडि बढाउनेछ । प्रदर्शनको क्रममा व्यक्तिका निजी घर तोडफोड र आगजनी हुँदा स्वाभाविक रूपमा देखिएको नगद रकमका सम्बन्धमा सरकारका सम्बद्ध निकायहरुले छानबिनको प्रक्रिया सुरु गरिसकेको छ,’ उनले भनिन्, ।