काठमाडौं-अर्थमन्त्री रामेश्वर खनालले पूर्वपदाधिकारीहरूका राजनीतिक तथा प्रशासनिक सुविधा खोस्न गृह र रक्षा मन्त्रालयलाई पत्राचार गरेका छन्।
भिआइपीका नाममा जथाभावी सुविधा उपभोग गर्दै आएका आएकाहरूलाई तत्काल सवारी साधन जिन्सी सामान सहयोग र सुरक्षाकर्मी फिर्ता गर्न तथा अन्य सेवा सुविधा स्थगन गर्न अर्थमन्त्रीले पत्र काटेका हुन् ।
यसअनुसार पूर्व राष्ट्रपति पूर्व उपराष्ट्रपति पूर्व प्रधानमन्त्री लगायत पूर्वपदाधिकारीहरूका सरकारी सेवा सुविधा रोक्का हुनेछन् ।
अर्थ मन्त्रालयको पत्र अनुसार भिआइपी को सवारी साधन र सुरक्षाकर्मी पनि फिर्ता गराइनेछन्।
प्रस्तावमा मन्त्रिपरिषदको असोज ५ गतेको बैठकले खर्च कटौतीको निर्णय गरेको थियो । पूर्व राष्ट्रपति पूर्व उपराष्ट्रपति पूर्व प्रधानमन्त्री लगायतका भिआइपीलाई सुविधा उपलब्ध गराउने सम्बन्धमा कानुनी व्यवस्था छैन।