AarthikBikash
मङ्लबार, अशोज २१, २०८२
  • होमपेज
  • राजनीति
  • नेकपा एसले बनायो माओवादीसँग पार्टी एकता गर्न वार्ता टोली

नेकपा एसले बनायो माओवादीसँग पार्टी एकता गर्न वार्ता टोली

  • शुक्रबार, अशोज १०, २०८२
नेकपा एसले बनायो माओवादीसँग पार्टी एकता गर्न वार्ता टोली

काठमाडौं-नेकपा एकीकृत समाजवादीले माओवादी लगायत कम्युनिष्टसँग पार्टी एकता गर्न वार्ता टोली गठन गरेको छ ।

अध्यक्ष माधवकुमार नेपालले शुक्रबार अपानि जारी गर्दै वरिष्ठ नेता बेदुराम भुसालको नेतृत्वमा वार्ता टोली गठन गरेको जनाएका हुन ।

भुसालको संयोजकत्वमा गठित वार्ता टोलीमा वरिष्ठ नेता प्रमेश हमाल र उपाध्यक्ष प्रकाश ज्वाला सदस्य रहेका छन् ।

वामपन्थी, कम्युनिष्ट तथा समाजवादी पार्टी र समूहहरूसँग एकता वार्ता गर्न वार्ता टाली गठन गरेको नेपालले जनाएका छन् । उक्त टोलीलाई ११ बुँदामा एकताको सैद्धान्तिक आधार खोज्न म्यान्डेट दिएको पनि अपानिमा उल्लेख छ ।

सम्बन्धित समाचार