AarthikBikash
शुक्रबार, पुस २५, २०८२
  • होमपेज
  • राजनीति
  • प्रहरी कार्यालयलाई ८५ वटा मोटरसाइकल दिने बागमती सरकारको निर्णय

प्रहरी कार्यालयलाई ८५ वटा मोटरसाइकल दिने बागमती सरकारको निर्णय

  • शनिबार, अशोज ११, २०८२
प्रहरी कार्यालयलाई ८५ वटा मोटरसाइकल दिने बागमती सरकारको निर्णय

हेटौंडा-बागमती प्रदेश सरकारले जेनजी प्रदर्शनका क्रममा सवारीसाधनमा क्षति पुगेका प्रहरी कार्यालयहरुलाई मोटरसाईकल उपलब्ध गराउने भएको छ ।

बागमती प्रदेश सरकारले करिब ३ करोड रूपैयाँ बराबर मूल्य पर्ने ८५ वटा मोटरसाइकल दिने निर्णय गरेको हो।

चाडपर्वको समयमा सुरक्षा चुनौतीको संवेदनशीलतालाई ध्यानमा राखेर मोटरसाइकल उपलब्ध गराउने निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए ।

सरकारले बागमती प्रदेशका इलाका प्रहरी कार्यालयहरूका लागि ३० वटा, उपत्यका प्रहरीको लागि ३० वटा र उपत्यका ट्राफिक प्रहरीको लागि २५ वटा गरी ८५ वटा २ पाङ्ग्रे सवारीसाधन खरिदका लागि आर्थिक मामिला मन्त्रालयले शुक्रबार सहमति दिइसकेको छ ।

मापदण्डअनुसार अधिकत्तम १६० सीसीको ३ लाख ५० हजार रूपैयाँसम्मको मोटरसाइकल खरिद गर्न सकिने व्यवस्था छ ।

सम्बन्धित समाचार