mega darknetmega darknet
AarthikBikash
मङ्लबार, अशोज २१, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

  • आइतवार, अशोज १२, २०८२
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं-नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय वीपी नगरमा बस्ने गरी बैठक बोलाइएको हो ।

पार्टी सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलन, समसामयिक राजनीतिक र सांगठनिक छलफलका लागि बैठक बोलाएका हुन्। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थिति हुनेछन् ।

यसैबिच नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम यस वर्ष नगर्ने भएको छ।

वि.सं. २०३३ सालमा जननायक बी.पी. कोइराला निर्वासनबाट ‘राष्ट्रिय एकता तथा मेलमिलापको नीति’ लिई स्वदेश फर्केपछि हरेक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह आयोजना गरी शुभकामना आदान–प्रदान गर्दै आएको थियो ।

सम्बन्धित समाचार