काठमाडौं-सभामुख देवराज घिमिरेले राजनीतिक दलहरूलाई छलफलमा बोलाएका छन् ।
सभामुख घिमिरेले बुधबार बिहान ९ बजे दलहरूलाई बोलाएका हुन् ।
सभामुखले छलफलका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बोलाएका छन् ।
छलफलमा विघटित संसद्का प्रमुख सचेतक पनि सहभागी हुनेछन् ।
प्रतिनिधिसभा पुनर्स्थापनाका विषयमा सभामुखले दलहरूसँग छलफल गर्ने बताइएको छ ।