काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ताले मोटरसाइकल एस्कर्टिङ गर्दै गुण्डुबाट जावलाखेलसम्म पुर्याएको छ ।
एमालेको १०औं केन्द्रीय कमिटी बैठक आज मध्यान्हमा रामबाघ महलमा बस्दैछ।
बैठकको प्रारम्भमा अध्यक्ष ओलीले समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम राखिएको छ।
प्रतिवेदनमा हालैको जेन जी प्रदर्शन र विध्वंश,त्यसको प्रभाव र परिणाम,जेन जी विध्वंशपछि गठित अन्तरिम सरकार, आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा भाग नलिने र सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना गराउने विषयहरू रहेको बुझिएको छ ।
भक्तपुरको गुण्डुबाट ललितपुरसम्म मोटरसाइकलमा स्कर्टिङ गर्ने कार्यक्रम तय भएसँगै ललितपुर प्रहरीले र्याली नगर्न आग्रह गरेको छ ।
यसअघि नै जुलुस र र्याली नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरिसकेको छ