mega darknetmega darknet
AarthikBikash
शनिबार, कार्तिक २, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • यो सरकार रहन्छ भन्ने भ्रम छाडिदिए हुन्छ, हल्लिँदा पुक्लुक्क हुन्छ: ओली

यो सरकार रहन्छ भन्ने भ्रम छाडिदिए हुन्छ, हल्लिँदा पुक्लुक्क हुन्छ: ओली

  • शनिबार, कार्तिक २, २०८२
यो सरकार रहन्छ भन्ने भ्रम छाडिदिए हुन्छ, हल्लिँदा पुक्लुक्क हुन्छ: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलो पटक पार्टी मुख्यालय च्यासल पुगेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार जग नै नभएको समेत आरोप लगाएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो बताएका हुन् ।

ओलीले भने- ‘यो सरकार भनेको म्याद नतोकिएको म्यादी सरकार हो । यो सरकार रहन्छ भन्ने भ्रम रहन्छ भने त्यो छाडिदिए हुन्छ। जग नभएको यसो हल्लाउँदा हल्लिने सरकार हो । कति जग भएकालाई त बलजफ्ती फ्याँकियो भने यो जगै नभएको । हल्लिँदा पुक्लुक्क हुन्छ । अनि यो सरकारका यत्रा धाकधम्की ?’

जेनजी आन्दोलनपछि पहिलो पटक पार्टी मुख्यालय पुगेका उनले वर्तमान सरकारलाई म्यादीको संज्ञा दिएका छन् ।

ओलीले भने- ‘यो एक प्रतिशतले पनि समर्थन नगरेको सरकार हो, ‘एक प्रतिशत भनेको ३ लाख हुन्छ। ३ लाख मान्छेले सरकार बनाएको हो र ?’

उनले यो सरकारलाई १ प्रतिशले पनि सर्मथन नगरेको जिकिर गरे।

सम्बन्धित समाचार