AarthikBikash
आइतवार, माघ २६, २०८२
  • होमपेज
  • राजनीति
  • केपी ओली कानुनभन्दा माथि हुनुहुन्न : गृहमन्त्री अर्याल

केपी ओली कानुनभन्दा माथि हुनुहुन्न : गृहमन्त्री अर्याल

  • सोमवार, कार्तिक ४, २०८२
केपी ओली कानुनभन्दा माथि हुनुहुन्न : गृहमन्त्री अर्याल

काठमाडौं-गृहमन्त्री ओमप्रकाश अर्यालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कानुनभन्दा माथि नभएको बताएका छन्।

सोमबार पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिनेक्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले भने- ‘ओलीले गृहमन्त्रीलाई बाहिर जानबाट रोक्न चुनौती दिएको बारे सञ्चारकर्मीको प्रश्नमा  आयोगले गरेको हो । आयोगलाई भन्नुपर्‍यो नि, सरकारले गरेको होइन नि उहाँलाई ।’त्यो कानुन मान्दिनँ भनेको हो उहाँले । केपी ओलीमात्र कानुनभन्दा माथि बस्ने पहिला त्यस्तो थियो, अब त्यस्तो हुँदैन ।’

ओलीले आइतबार सम्पादकहरूसँग कुरा गर्नेक्रममा वर्तमान सरकारले बनाएको आयोगमा आफू बयान दिन पनि नजाने बताएका थिए।

त्यस्तै उनले आफू कतै जाँदा छेकेर देखाउन पनि सरकारलाई चुनौती दिएका थिए ।

सम्बन्धित समाचार