mega darknetmega darknet
AarthikBikash
आइतवार, कार्तिक १०, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • समाचार
  • छठ पर्वको दोस्रो दिन आज : ‘खरना’ विधि गरिँदै

छठ पर्वको दोस्रो दिन आज : ‘खरना’ विधि गरिँदै

  • आइतवार, कार्तिक १०, २०८२
छठ पर्वको दोस्रो दिन आज : ‘खरना’ विधि गरिँदै

काठमाडौं – छठपर्वको दोस्रो दिन आज बर्तालुले ‘खरना’ विधि गर्दैछन् । कात्तिक शुक्ल चतुर्थी तिथिका दिन हिजो बेलुका ‘नहाय–खाय’ विधिबाट पर्व शुरू गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा जुटेका हुन् ।

बर्तालुले स्नान गरी दिनभर निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर देवता र छठी देवीलाई चढाउने र प्रसादस्वरुप खाने परम्परा छ ।

यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ । त्यस्तै, मुख्य दिन भोलि सोमवार ठेकुवा, भुसवालगायत कृषिजन्य अन्नको पिठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटोलगायत सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र बेलुका अस्ताउने सूर्यलाई अर्घ्य दिइन्छ ।

छठपर्वको अन्तिम दिन पर्सि मङ्गलवार विहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर यो पर्वको समापन हुन्छ ।

मिथिलाको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरू–गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरीलगायतमा सजावट गरिएको छ । पारिवारिक सुख–समृद्धि र सन्तानको कल्याणको कामनासहित छठ पर्व मनाउने गरिन्छ ।

केही वर्ष पहिलासम्म तराई–मधेशमा सिमित छठ पर्व अहिले काठमाण्डौ उपत्यकासहित पहाड र हिमालसम्म नै मनाउन थालिएको छ ।

सम्बन्धित समाचार