mega darknetmega darknet
AarthikBikash
बुधबार, कार्तिक १३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • प्रधानमन्त्री कार्कीसहितको त्रिपक्षीय छलफलमा को-को हुँदैछन् सहभागी ?

प्रधानमन्त्री कार्कीसहितको त्रिपक्षीय छलफलमा को-को हुँदैछन् सहभागी ?

  • बुधबार, कार्तिक १३, २०८२
प्रधानमन्त्री कार्कीसहितको त्रिपक्षीय छलफलमा को-को हुँदैछन् सहभागी ?

काठमाडौं-प्रधानमन्त्री सुशीला कार्कीको अह्वानमा आज हुने त्रिपक्षीय छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जना प्रतिनिधि सहभागि हुने भएका छन।

त्रिपक्षीय छलफल प्रधानमन्त्री निवास वालुवाटारमा साँझ ४ बजे हुँदैछ ।

छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न प्रमुख राजनीतिक दलका पदाधिकारी एवं दोस्रो तहका नेताहरू सहभागी हुने भएका छन्।

जहाँ सरकारको तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदिश खरेल उपस्थित हुनेछन् ।

बिभिन्न राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत, नेकपा ९एमाले०का तर्फबाट एक पदाधिकारीसहित केन्द्रीय सदस्य महेश बर्तौला, नेकपा ९माओवादी केन्द्र०बाट वर्षमान पुन र माधव सापकोटाले छलफलमा भाग लिने भएका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र केन्द्रीय सदस्य निशा डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ गरि १६ जना नेता सहभागी हुनेछन् ।

त्यसैगरी, जेनजी समूहबाट ‘इन्डिजिनियस जेन(जी कलेक्टिभ’, ‘हाउ टु देश विकास’ र ‘जेन(जी मुभमेन्ट एलाइन्स’का तर्फबाट १४ जना सहभागी हुने जनाइएको छ।

प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री भएपछि पहिलो पटक औपचारिक रुपमा त्रिपक्षीय छलफल राखेकी हुन् । उनी गत भदौ २७ गते प्रधानमन्त्री भएकी थिइन्। त्यसदिन राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते चुनाव गर्ने गरी कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।

आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको समग्र वातावरण निर्माण, राजनीतिक समझदारी जुटाउनेलगायतका विषय छलफलको कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सरकारले घोषित मितिमा प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने सन्दर्भमा सरोकारवाला पक्षहरूसँग चरणबद्ध रूपमा वार्ता एवं छलफल गर्दै आएको छ। यसअघि कात्तिक ४ गते प्रधानन्त्री कार्कीको आह्वानमा सरकार र राजनीतिक दलबीच छलफल भएको थियो।

त्यसैगरी, राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री कार्की र जेनजी समूहबीच छलफल भइसकेको छ।

सम्बन्धित समाचार