AarthikBikash
आइतवार, माघ २६, २०८२
  • होमपेज
  • राजनीति
  • कांग्रेस केन्द्रीय समिति बैठक सुरु

कांग्रेस केन्द्रीय समिति बैठक सुरु

  • बिहिबार, कार्तिक १४, २०८२
कांग्रेस केन्द्रीय समिति बैठक सुरु

काठमाडौं-नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टीको मुख्य कार्यालय सानेपामा केही बेरअघि सुरु भएको छ।

तिहार तथा छठ पर्व परेका कारण रोकिएको बैठक आजबाट सुरु भएको हो।

गत असोज २८ गतेबाट सुरु केन्द्रीय समिति बैठक कात्तिक एक गतेबाट बिहीबारसम्मका लागि स्थगित गरिएको थियो ।

जारी बैठकले कांग्रेसको १५ औँ महाधिवेशन, सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन, प्रतिनिधिसभा विघटन र जेनजी आन्दोलनबारे संस्थागत निर्णय गर्ने नेताहरू बताउँछन् ।

कांग्रेसभित्र पार्टीको १५ औँ महाधिवशेन कहिले गर्ने भन्ने बहस छ। संस्थापन पक्ष वैशाखमा र अन्य समूह मंसिरमा महाधिवेशन गर्नुपर्ने पक्षमा छ।

यदि मंसिरमा नियमित महाधिवेशन नभए पुषमा विशेष महाधिवेशन गर्ने भन्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर बुझाएका छन्।

सम्बन्धित समाचार