 
                काठमाडौं-नेपाल आयल निगमले शुक्रबार इन्धनको नयाँ मूल्य सूची सार्वजनिक गरेको छ ।
जसमा डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य बढाएको हो । पेट्रोलको मूल्य भने यथावत् राखिएको छ।
निगम सञ्चालक समितिको निर्णयअनुसार, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँले कमी गरिएको हो । नयाँ मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ।
त्यस्तै, हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर १ रुपैयाँले वृद्धि गरिएको छ। अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धन (अन्तर्राष्ट्रिय) तर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ७ अमेरिकी डलरले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ।
