AarthikBikash
आइतवार, माघ २६, २०८२
  • होमपेज
  • राजनीति
  • एमालेको सचिवालय बैठक गुण्डुमा

एमालेको सचिवालय बैठक गुण्डुमा

  • शनिबार, कार्तिक १६, २०८२
एमालेको सचिवालय बैठक गुण्डुमा

काठमाडौं-नेकपा एमालेको सचिवालय बैठक शनिबार बस्दैछ।

बैठक बिहान ११ बजेपछि अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने पार्टी कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।

महाधिवेशनसँग सम्बन्धित छलफल गर्न बैठक बोलाइएको हो। अधिकारीका अनुसार मंसिर २७-२९ गतेसम्म पोखरामा हुने ११ औँ महाधिवेशनका लागि छनोटको विधि र संख्याबारे निर्णय हुनेछ।

उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सचिव पद्ध्मा अर्यालले पोखराको वस्तुस्थितिका बारेमा बैठकमा रिपोर्टिङ गर्ने तयारी छ ।

बैठकले महाधिवेशन तयारीका लागि विभिन्न नेताहरूलाई जिम्मेवारी दिने सम्भावना छ ।

बैठकमा सरकारले फागुन २१ गते गर्ने भनेको निर्वाचन, पछिल्ला राजनीतिक घटनाक्रम आदि विषयमा पनि छलफल हुने छ ।

सम्बन्धित समाचार