mega darknetmega darknet
AarthikBikash
सोमवार, कार्तिक २५, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • कार्तिक २६ गते नेपाली कम्युनिष्ट पार्टीसँग समाहित हुँदै डा.भीम रावल

कार्तिक २६ गते नेपाली कम्युनिष्ट पार्टीसँग समाहित हुँदै डा.भीम रावल

  • सोमवार, कार्तिक २५, २०८२
कार्तिक २६ गते नेपाली कम्युनिष्ट पार्टीसँग समाहित हुँदै डा.भीम रावल

काठमाडौं-डा. भीम रावल नेतृत्वको मातृभूमी जागरण अभियान र नेपाली कम्युनिष्ट पार्टीबिच एकताको मिति तय भएको छ ।

नेकपा एमालेबाट निष्कासनमा परेपछि मातृभूमि जागरण अभियान सञ्चालन गरेका नेता डा. रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेका हुन् ।

रावलसँग विभिन्न चरणमा छलफल गरी आइतबार पार्टी समायोजन गर्ने सहमति गरिएको थियो ।

हिजो नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालसँग रावलको वान टू वान वार्ता भएको थियो । त्यसपछि रावल महत्वपूर्ण जिम्मेवारीसहित नेपाली कम्युनिष्ट पार्टीमा आउन सहमत भएका थिए ।

आगामी कार्तिक २६ गते बुधबार विशेष कार्यक्रमकाबिच पार्टी एकता हुनेछ । रावललाई नेकपामा छैटौँ वरियता दिइनेछ ।

दिउँसो १ः३० बजे प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा कार्यक्रमको आयोजना गरिएको छ ।

सो कार्यक्रममा प्रचण्ड, माधवकुमार नेपाल र भीम रावलले सम्बोधन गर्नेछन् ।

सम्बन्धित समाचार