mega darknetmega darknet
AarthikBikash
मङ्लबार, मंसिर ३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • तीन महिना २१ दिनपछि सत्ता हस्तान्तरण गर्ने प्रधानमन्त्री कार्कीको घोषणा

तीन महिना २१ दिनपछि सत्ता हस्तान्तरण गर्ने प्रधानमन्त्री कार्कीको घोषणा

  • मङ्लबार, मंसिर ३, २०८२
तीन महिना २१ दिनपछि सत्ता हस्तान्तरण गर्ने प्रधानमन्त्री कार्कीको घोषणा

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आगामी तीन महिना २१ दिनभित्र निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने घोषणा गरेकी छन् । सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नागरिक समाजका १७ जना प्रबुद्ध व्यक्तिहरूसँग डेढ घण्टासम्म चलेको छलफलमा उनले चुनाव समयमै गराएर एकछिन पनि सरकारमा बस्ने मनसाय नराखेको स्पष्ट पारेकी हुन् ।

प्रधानमन्त्री कार्कीले संवैधानिक रिक्तता टार्न २१ फागुनको निर्वाचन अपरिहार्य राष्ट्रिय दायित्व भएको उल्लेख गर्दै केही पक्षले अन्योल फैलाउन खोजे पनि निर्वाचन अवश्य हुने दृढता व्यक्त गरिन्। उनले भनिन्, ,म दलहरूसँग निरन्तर संवादमा छु। चुनावपछि तुरुन्तै सत्ता हस्तान्तरण गरेर फेरि नागरिक समाजमै फर्किन्छु।’

प्रधानमन्त्रीले निर्वाचनको विश्वसनीयता कायम राख्न सबै राजनीतिक दललाई आगामी १० मंसिरभित्र निर्वाचन आयोगमा अनिवार्य दर्ता गराउनुपर्ने सर्त कायम रहेको बताइन्। समयमै दल दर्ता हुनु नै निर्वाचन सुनिश्चितताको प्रमुख सूचक भएको उनको भनाइ थियो। प्रहरी संगठनभित्र उत्पन्न चुनौतीप्रति प्रधानमन्त्रीले गम्भीर चासो प्रकट गर्दै मनोबल उकास्ने अभियान जारी रहेको बताइन् ।

सम्बन्धित समाचार