mega darknetmega darknet
AarthikBikash
बुधबार, मंसिर ४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

  • बुधबार, मंसिर ४, २०८२
रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो बस्दैछ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

आजको बैठकमा समसामयिक राजनीति, संवाद एवम् सहकार्यका पहलबारे पार्टीमा छलफल हुने भएको छ । छलफल आगामी राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनकेन्द्रित हुने बताइएको छ । यस्तै, पार्टी सभापति रवि लामिछानेको मुद्दाको कानूनी अवस्थाबारे समेत बैठकमा जानकारी गराइनेछ । बैठकमा सौराहामा भएको केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा हुने बताइएकोछ । विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जन सहित पारित गर्ने रास्वपाको तयारी छ ।

यस्तै, रास्वपाले निर्वाचन केन्द्रित वाचापत्र बनाउन बनाएको कार्यदल पनि विस्तार गर्नेबारे छलफल गर्नेछ । संविधान संशोधनको मुद्दा उठिरहेका बेला संविधान परिमार्जन कार्यदल संयोजक तोक्नेबारे रास्वपा बैठकमा छलफल हुने बताइएको छ । रास्वपाले संयोजक मनोनयन गरेर तत्काल काम शुरु गर्न निर्देशन दिने भएको छ ।

यस्तै, रास्वपाले मिडिया अध्ययन कार्यदल बनाउने तयारी गरेको छ । आगामी निर्वाचनसम्म दैनिक मिडिया अध्ययन एवम् विश्लेषण, केन्द्रीय तहमा नियमित ब्रिफिङ, आवश्यकता अनुसार घटना ब्रिफिङ एवम् केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्न यो कार्यदल बनाउन लागिएको हो ।

रास्वपा राजनीति अध्ययन कार्यदल बनाउने विषयमा छलफलमा जुट्ने भएको छ । राजनीतिक दल, समूह, शक्तिको गतिविधि नियमित अध्ययन एवम विश्लेषण, केन्द्रीय तहमा ब्रिफिङ, आवश्यकताअनुसार घटनाको ब्रिफिङ एवम् केन्द्रीय समितिको बैठकमा ब्रिफिङ यसको उद्देश्य हुने छ ।

यस्तै, आगामी निर्वाचनमा उम्मेदवार छनौट सिफारिस समिति विस्तारबारे पनि रास्वपाले छलफल गर्ने भएको छ । राजनीतिक दल–संगठन अध्ययन कार्यदल बनाउने, केन्द्रीय संगठन विभागबाट ठूला एवम् वैकल्पिक राजनीतिक दलहरूको संगठनको नियमित रणनीति अध्ययन गर्ने र जेन्जी युवा लक्षित अभियान चलाउनेबारे पनि आजको बैठकमा एजेन्डा बनाइएको छ ।

सम्बन्धित समाचार