mega darknetmega darknet
AarthikBikash
शुक्रबार, मंसिर ६, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • Maximize your crypto potential with trust wallet app and discover tools for smarter asset use.
  • महामन्त्रीद्वय थापा र शर्माको अडान: महाधिवेशन नभएसम्म चुनावमा जाँदैनौं

महामन्त्रीद्वय थापा र शर्माको अडान: महाधिवेशन नभएसम्म चुनावमा जाँदैनौं

  • शुक्रबार, मंसिर ६, २०८२
महामन्त्रीद्वय थापा र शर्माको अडान: महाधिवेशन नभएसम्म चुनावमा जाँदैनौं

काठमाडौं-नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशनमार्फत नेतृत्व परिवर्तन नभए आगामी चुनावमा नजाने बताएका छन् ।

चुनावअघि नियमित महाधिवेशनको पक्षमा महामन्त्री थापा र शर्मालाई ध्यानाकर्षण गराउन पुगेका केन्द्रीय सदस्यहरूलाई दुई महामन्त्रीले उक्त कुरा बताएका हुन् ।

सभापति शेरबहादुर देउवा पक्षका २५ केन्द्रीय सदस्यले महाराजगञ्जस्थित अरिकल होटेलमा दुई महामन्त्रीलाई शुक्रबार बिहान १० बजे भेटेर छलफल गरेका थिए । सभापतिसँग भेटमा सहभागी नेताहरूका अनुसार देउवाले अन्य नेताहरूसँग छलफल गर्न सुझाव दिएका थिए ।

उक्त भेटमा पत्रकारहरुसंग कुरा गर्दै महामन्त्री थापाले भने- ‘नियमित महाधिवेशन भएन भने विशेष महाधिवेशनको मागलाई बेवास्ता गरेर जान सकिन्न् । पार्टीको विधान अनुसार विशेष महाधिवेशनको माग भएको छ । चुनावअघि नियमित वा महाधिवेशन गर्न सकेनौँ भने हामी चुनावमा नलड्न पनि सक्छौँ ।’

विशेष महाधिवेशनको माग गर्दै २९ असोजमा केन्द्रीय कार्यालयमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाइएको छ । कांग्रेस विधान अनुसार विशेष महाधिवेशनका लागि लिखित माग भएको तीन महिनाभित्र बोलाउनुपर्ने व्यवस्था छ । उक्त अवधि २८ पुसमा सकिन्छ । दुई महामन्त्रीले केन्द्रीय सदस्यहरूसँग कुरा गर्दा त्यसअघि नियमित महाधिवेशन भए विशेष महाधिवेशनको माग स्वत: निष्क्रिय हुने बताएका थिए ।

साथै सभापति देउवा पक्षका २५ केन्द्रीय सदस्यले सभापति देउवालाई हिजो र कार्यवाहक सभापति कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई आज बिहान भेटेका थिए ।

सभापति देउवाले चुनावअघि महाधिवेशनका लागि सकारात्मक रहेको केन्द्रीय सदस्यहरूसँग बताएका थिए ।

सम्बन्धित समाचार