काठमाडौं-संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्ने भएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यालयमा आज दिउँसो मोर्चाको मूल समितिको बैठक बस्न लागेको हो ।
बैठकको अध्यक्षता लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर गर्नेछन् ।
बैठकमा आगामी निर्वाचनका तयारी र रणनीति, मोर्चाको संगठनात्मक विस्तार, मधेस प्रदेशको सरकार तथा अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।