काठमाडौं-नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको लागि आज एकैदिन देशभर प्रतिनिधि छनौट चयन हुँदैछ ।
मंसिर २७–२९ गतेमा काठमाडौंमा हुने पार्टीको महाधिवेशनका लागि प्रतिनिधिहरू छनोट गर्न लागिएको हो ।
कतिपय जिल्ला, जनसंगठन, निर्वाचन क्षेत्र एवम् स्वदेशका प्रदेशस्तरीय (विशेषसमेत) कमिटीमा शुक्रबार नै सर्वसम्मत रुपमा प्रतिनिधि चयन भइसकेका छन्।
एमालेका नेताहरुका अनुसार आज पनि बिहानसम्म सर्वसम्मतको प्रयास गर्ने र सहमति नभएका स्थानमा निर्वाचन गराउने तयारी छ।
प्रतिनिधिको उम्मेदवारी शुल्क १ हजार रुपैंयाभन्दा बढी नलिन निर्देशन दिइएको छ । एमालेको महाधिवेशनमा झण्डै २२ सय प्रतिनिधि सहभागी हुँदैछन् ।
एमालेका संगठित सदस्य ६ लाख ६७ हजार ६३० रहेका छन् ।