काठमाडौं-राजावादीहरुले काठमाडौंको बिजुली बजारमा प्रदर्शन गरेका छन् ।
शनिबार राजसंस्था पुनर्स्थापनाको पक्षमा वकालत गर्दै शाही युवा शक्ति नेपालले काठमाडौंको बिजुली बजारमा प्रदर्शन गरेका हुन् ।
राजतन्त्र पुनःस्थापनाको लागि जनदबाब सिर्जना गर्न शान्तिपूर्ण प्रदर्शन गरिएको शाही युवा शक्ति नेपालले जनाएको छ ।
प्रहरीले राजसंस्था समर्थकलाई काठमाडौंको बिजुली बजारमा प्रदर्शन गर्न रोक लगाएको छ ।
तर ठुलो सङ्ख्यामा प्रहरी तैनाथ गरिएकाले प्रदर्शन गर्न बिजुली बजार पुग्नेहरूलाई प्रहरीले त्यहाँबाट हटाएको थियो । सो क्रममा एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रशासनको अनुमतिबिना प्रदर्शन गर्न खोजेपछि रोक लगाइएको प्रहरीले जनाएको छ ।
राजावादीले यसअघि सामाखुसी क्षेत्रमा प्रदर्शन गर्दै आएका थिए । प्रदर्शनमा एक दर्जन बढी युवाहरु सहभागी थिए ।