दाङ-नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले विगतमा आफूहरूबाट भएको कमीकमजोरी खोतल्न र त्यसलाई सच्याउन आफूहरू अघि बढेको बताएका छन्।
शनिबार दाङको लमहीमा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले १५ वटा कम्युनिस्ट घटक र समूह मिलेर बनेको अहिलेको नेकपा चुनाव केन्द्रित गठबन्धन नभई राष्ट्र र जनताको रक्षा गर्ने ऐतिहासिक सङ्कल्प भएको दाबी गरे ।
उनले भने- ‘हामीले विभिन्न समयमा राष्ट्र र जनताको पक्षमा काम गर्ने कोसिस गरे पनि भनेजस्तो परिणाम निकाल्न सकिएन। त्रुटि र कमजोरी कहाँ भयो भनेर निरन्तर समीक्षा गर्दै आएका थियौँ । यो सन्देश सभा आफ्नो कमीकमजोरी खोतल्ने र त्यसलाई सच्याउने प्रतिबद्धता गर्न आएका हौँ। यो आत्मालोचना सभा पनि हो।’
जेननी विद्रोहले आफूहरूलाई गल्ती कमजोरी सच्याएर अघि बढ्नका लागि घच्घच्याएको उनको भनाइ थियो।