AarthikBikash
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • राजनीति
  • यस्तो छ कांग्रेसको तहगत महाधिवेशन कार्यतालिका

यस्तो छ कांग्रेसको तहगत महाधिवेशन कार्यतालिका

  • सोमवार, मंसिर १६, २०८२
यस्तो छ कांग्रेसको तहगत महाधिवेशन कार्यतालिका

काठमाडौं-नेपाली कांग्रेसमा लामो रस्साकस्सीपछि आगामी १५औँ महाधिवेशनबारे सहमति जुटेको छ ।

सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी पुस २६, २७ र २८ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने तय गरेको हो ।

लामो समयदेखि कांग्रेस केन्द्रीय वैठकमा विशेष महाधिवेशनको माग भएको थियो । तर, पुसमा नियमित महाधिवेशन गर्ने निर्णय गर्दै बैठक आज समापन भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

डा. महतका अनुसार द्रुत गतिमा क्रियाशील टुंगो लगाउनेदेखि विभिन्न तहको अधिवेशनको काम हुनेछ ।

 महाधिवेशन कार्यतालिका 

–मंसिर २० गतेभित्रै नयाँ क्रियाशील सदस्य केन्द्रबाट वितरण गरिसक्ने

–जिल्लाको प्रतिनिधसभा, क्षेत्रीय समिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यको फाराम पठाउने अवधि २४ गतेसम्म । पुस ८ गतेभित्र सबै निर्वाचन क्षेत्रमा नयाँ क्रियाशील सदस्यताको कार्य सम्पन्न गर्ने ।

–क्रियाशील सदस्यताको प्रारम्भिक छानबिन समितिले गरेको निर्णय उपर परेको पुनरावेदन र क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा नयाँ र नवीकरणसम्बन्धी परेका उजुरी उपर अन्तिम निर्णय गरी अन्तिम सूची तयार गरी केन्द्रीय सभापति र कार्यवाहक सभापतिलाई बुझाउने मिति पुस १४ गते ।

–नयाँ क्रियाशील सदस्यता वितरण गर्दा समावेशीता नवयुवा पुस्ता अन्य पार्टीबाट आएका नवप्रवेशीलाई समेत क्रियाशील सदस्यता दिने व्यवस्था ।

–विदेशस्थित जनसम्पर्क समितको अधिवेशन पुस १५ ।

–गाउँ नगर र वडा अधिवेशन पुस १६ गते ।

–गाउँ नगरपालिका अधिवेशन पुस १७ गते ।

–प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस १९ गते ।

–प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पुस २१ गते ।

–एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएको जिल्ला अधिवेशन पुस २२ गते ।

–प्रदेश अधिवेशन २३ र २४ गते ।

महाधिवेशन पुस २६, २७ र २८ गते ।

सम्बन्धित समाचार