AarthikBikash
बिहिबार, पुस ३, २०८२
  • होमपेज
  • खेलकुद
  • एनपीएलमा आज पोखरा र काठमाण्डू तथा सुदूरपश्चिम र चितवन भिड्दै

एनपीएलमा आज पोखरा र काठमाण्डू तथा सुदूरपश्चिम र चितवन भिड्दै

  • बिहिबार, मंसिर १९, २०८२
एनपीएलमा आज पोखरा र काठमाण्डू तथा सुदूरपश्चिम र चितवन भिड्दै

काठमाडौं – त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदै छन् ।

पहिलो खेल ११ः४५ बजे पोखरा एभेन्जर्स र काठमाण्डू गोर्खाज र अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुनेछ ।

पाँच खेलबाट चार अंक मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ । काठमाडौंले भने ६ खेलबाट आठ अंक जोडेको छ ।

प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन् ।

सुदूरपश्चिम दश अंकका साथ शीर्ष स्थानमा छ । पाँच खेलबाट चार अंक जोडेको चितवनलाई प्लेअफका लागि जित्नैपर्ने बाध्यता छ ।

सम्बन्धित समाचार