mega darknetmega darknet
AarthikBikash
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • राजा, राजनीतिक दल र जेनजीबीच त्रिपक्षीय सम्झौता गरियोस्: ज्ञानेन्द्र शाही

राजा, राजनीतिक दल र जेनजीबीच त्रिपक्षीय सम्झौता गरियोस्: ज्ञानेन्द्र शाही

  • शुक्रबार, मंसिर २०, २०८२
राजा, राजनीतिक दल र जेनजीबीच त्रिपक्षीय सम्झौता गरियोस्: ज्ञानेन्द्र शाही

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले नेपालमा संवैधानिक राजसंस्था आवश्यक रहेको बताएका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता शाहीले प्रदेश संरचना खारेज, हिन्दु, बुद्ध, किराँतसहितको हिन्दु अधिराज्य स्थापना, संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द, स्थानीय तह गैरदलीय बनाउने र भ्रष्टाचारीलाई आजीवन कारावासको मागसहित आन्दोलनको तयारी भइरहेको जानकारी दिएका हुन् ।

शाहीले जापान, बेलायत, नेदरल्याण्ड, अष्ट्रेलिया र क्यानडाजस्तो संवैधानिक राजसंस्था नेपालमा आवश्यक रहेको उल्लेख गरे ।

उनले जेनजी हत्यारालाई पक्राउ गरी जेल हाल्नुपर्ने माग गर्दै २३ गते हुने आन्दोलनमा देशभरिका नागरिकलाई सहभागिता जनाउन आह्वान गरे।

शाहीले भने- ‘२३ गते आयोजक राप्रपा भए पनि सबैले राष्ट्रिय झण्डामा एकजुट भएर उपस्थित हुनुहोस् ।’

जेनजी युवाहरुले सडकमा युद्ध जिते पनि सम्झौतामा हारेको उनको भनाइ छ ।

जेनजीको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीले ७५ जनाले किन ज्यान फालेका थिए ? त्यसको जवाफ दिनुपर्ने बताए ।

राजा, जेनजी र राजनीतिक दलहरुले त्रिपक्षिय सम्झौता गर्न आह्वान गर्दै उनले माग पूरा नभए सडक आन्दोलन सुरु हुने चेतावनी समेत दिए।

सम्बन्धित समाचार