AarthikBikash
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • राजनीति
  • ओली र देउवाबीच भेटवार्ता

ओली र देउवाबीच भेटवार्ता

  • शुक्रबार, मंसिर २०, २०८२
ओली र देउवाबीच भेटवार्ता

काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

देउवालाई भेट्न ओली केही बेरअघि महाराजगञ्जस्थित देउवाकै निवास पुगेका हुन् ।

जेनजी आन्दोलनपछि देउवा र ओलीबीच पहिलोपटक भेटवार्ता भएको हो । दुई शीर्ष नेताबीच समसामियक राजनीतिक विषयमा छलफल भइरहेको ओली सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले आजै सर्वपक्षीय बैठक आह्वान गरेकी थिइन् ।

प्रधानमन्त्रीले आह्वान गरेको बैठक सुरु हुनुभन्दा ठीक अगाडि कांग्रेस-एमालेका शीर्ष नेताबीच भेटवार्ता हुनुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

सम्बन्धित समाचार