AarthikBikash
बिहिबार, पुस ३, २०८२
  • होमपेज
  • खेलकुद
  • एनपीएल: सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

एनपीएल: सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

  • शनिबार, मंसिर २१, २०८२
एनपीएल: सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं-नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदुरपश्चिम रोएल्सले विराटनगर किंग्सलाई १४८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले ६ विकेट गुमाएर १४७ रन बनायो।

सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४५ रनमा अविजित रहे।

​इसान पाण्डे ३८, क्रिश ब्रोन २४,कप्तान दीपेन्द्र सिंह ऐरी १९​, बिनोद भण्डारी १५, दीपक बोहरा ३,र हर्मित सिंह शून्यमा आउट भए। विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए भने प्रतिश जीसीले दुई र बसिर अहमदलेएक विकेट लिए।

सुदूरपश्चिम अपराजित रहेर छ खेलबाट १२ अङ्क जोडेर पहिलो क्वालिफायरमा पुगिसकेकाले उसलाई कुनै दबाब हुने छैन।

आठ अङ्कसहित प्लेअफमा सुरक्षित भएको विराटनगरलाई भने पहिलो क्वालिफायर खेल्न आजको जित आवश्यक छ।

सम्बन्धित समाचार