काठमाडौं-प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीलाई भेट्न पूर्वराष्ट्रपति भण्डारी सिंहदरबार पुगेकी थिइन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको हो ।
प्रधानमन्त्रीले आगामी निर्वाचन र निर्वाचनको तयारीमा लागेको सरकारका कामका बारेमा पूर्वराष्ट्रपतिलाई जानकारी गराएकी थिइन् ।
त्यस्तै जेन(जी आन्दोलन, आन्दोलनका शहीद परिवारको माग, घाइतेको माग र माग सुनुवाइका क्रममा सरकारले गरेको कामका विषयमा पनि पूर्वराष्ट्रपतिलाई जानकारी गराएको सचिवालयले जनाएको छ ।
पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्रीसँगको भेटपछि सिंहदरबारको अवलोकन गरेकी छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका बेला सिंहदरबारमा आगजनी गरिएको थियो ।