AarthikBikash
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • राजनीति
  • कुलमानलाई झड्का, हितेन्द्रदेव शाक्यको सरुवा बदर

कुलमानलाई झड्का, हितेन्द्रदेव शाक्यको सरुवा बदर

  • सोमवार, मंसिर २३, २०८२
कुलमानलाई झड्का, हितेन्द्रदेव शाक्यको सरुवा बदर

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापित गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

शाक्यको रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई पुनर्स्थापित गर्ने आदेश दिएको हो ।

अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री प्राधिकरणका पूर्व प्रवन्ध निर्देशक कुलमान घिसिङले शाक्यलाई प्राधिकरणबाट हटाएका थिए ।

घिसिङले आफू सरकारमा गएँसँगै शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेका थिए । यो निर्णयको विरुद्धमा शाक्य सर्वोच्च अदालत गएका थिए ।

सम्बन्धित समाचार