AarthikBikash
बिहिबार, पुस ३, २०८२
  • होमपेज
  • खेलकुद
  • एनपीएलको एलिमिनेटरमा आज लुम्बिनी र काठमाण्डु भिड्दै

एनपीएलको एलिमिनेटरमा आज लुम्बिनी र काठमाण्डु भिड्दै

  • बुधबार, मंसिर २५, २०८२
एनपीएलको एलिमिनेटरमा आज लुम्बिनी र काठमाण्डु भिड्दै

काठमाडौं – नेपाल प्रिमियर लिग एनपीएलको एलिमिनेटरमा आज काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।

खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुनेछ। गत संस्करण नेट रनरेटले साथ नदिएको काठमाण्डु र खराब प्रदर्शन गरेको लुम्बिनी यस पटक प्लेअफमा पुगे। तर, सुरुवाती जितका बाबजुद बीचमा लय गुमाएका यी टिमले पुनरागमन गर्दै प्लेअफको यात्रा तय गरेका हुन्।

नेट रनरेटमा पछि पर्दा प्लेअफबाट बञ्चित भएको काठमाण्डु यस पटक सुरुवातदेखि भने अब्बल निस्कियो। उसले उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हरायो। तर त्यसपछिका २ खेलमा काठमाण्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ससँग पराजित भयो। पछिल्ला ४ खेलमा शानदार जित हासिल गरेर काठमाण्डु प्लेअफ पुग्यो। तर यस पटक पनि रनरेटकै कारण उसले एलिमिनेटर खेल्नु पर्यो।

सम्बन्धित समाचार