काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको वर्तमान संविधान मरिसकेको बताएका छन् ।
शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।
उनले मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु मात्र भएको बताए ।
संविधान संशोधन वा सुधारको कुरा गर्नुभन्दा पनि देशमा नयाँ समझदारी कायम गर्नुपर्ने उनको भनाइ छ ।