AarthikBikash
बिहिबार, पुस ३, २०८२
  • होमपेज
  • खेलकुद
  • सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन

  • शनिबार, मंसिर २८, २०८२
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन

काठमाडौं – लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन बन्दा सुदूरपश्चिम रोएल्स लगातार दोस्रो पटक उपविजेतामै समेटिएको छ । कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रमपलम्यान बलिङमा चम्किएपछि लुम्बिनीले सुदूरपश्चिमलाई ८५ रनमा अलआउट गरेको थियो ।

फाइनलमा सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमै पूरा गर्दै च्याम्पियन बनेको हो ।

सम्बन्धित समाचार