मनाङ-मनाङमा आइतबार दिउँसो भूकम्पको धक्का महशुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार १२: ५४ मा मनाङको थोचे आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
केन्द्रका अनुसार यसको तीव्रता ४.७ म्याग्निच्युड मापन गरिएको छ ।
पछिल्लो समय नेपालमा निरन्तर भूकम्प गइरहेको छ । यसअघि गत २३ गते दार्चुलामा ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो भने २२ गते बाजुरामा ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्पबाट भएको क्षतिको विवरण भने हालसम्म सार्वजनिक भएको छैन ।