काठमाडौं– नेकपा एमालेको सचिव पदमा अध्यक्ष निर्वाचित केपी शर्मा ओलीको प्यानल नै विजयी भएको छ। सचिवतर्फको नौ पदमा महेश बस्नेतले सर्वाधिक मत प्राप्त गरेका छन्। बस्नेतले एक हजार ५४४ मत प्राप्त गरे। यसैगरी पद्माकुमारी अर्याल एक हजार ५३० मत प्राप्त गर्दै सचिवमा निर्वाचित भइन्। छविलाल विश्वकर्माले एक हजार ५०६, शेरधन राईले एक हजार ५०३, हिक्मतकुमार कार्कीले एक हजार ३३७, खगराज अधिकारीले एक हजार २३१, यामलाल कँडेलले एक हजार १८५ र राजन भट्टराईले एक हजार १८१ मत ल्याएर सचिवमा निर्वाचित भए।