AarthikBikash
बिहिबार, पुस ३, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • नेकपा एमालेका नवनियुक्त पदाधिकारीहरुले लिए शपथ

नेकपा एमालेका नवनियुक्त पदाधिकारीहरुले लिए शपथ

  • बिहिबार, पुस ३, २०८२
नेकपा एमालेका नवनियुक्त पदाधिकारीहरुले लिए शपथ

काठमाडौं – नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

मतपरिणाम घोषणा भएलगत्तै नवनिर्वाचित नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शपथ लिएका हुन् ।

महाधिवेशनबाट ओली नै पार्टी अध्यक्षमा तेस्रोपटक पुनः निर्वाचित भएका छन् भने शंकर पोखरेल महासचिवमा दोस्रो पटक विजयी निर्वाचित भएका छन् ।

उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा, गोकर्ण विष्ट र रघुजी पन्त निर्वाचित भएका छन् ।

उपमहासचिवमा रघुवीर महासेठ, लेखराज भट्ट र योगेश भट्टराई विजयी भएका छन् ।

यसैगरी सचिवमा खगराज अधिकारी र पद्मा अर्याल, हिक्मत कार्की, महेश बस्नेत, छविलाल विश्वकर्मा, यामलाल कँडेल, शेरधन राई, भानुभक्त जोशी, खगराज अधिकारी, राजन भट्टराई विजयी भएका छन् ।

एमालेको ११ औँ महाधिवेशनमा अध्यक्ष ओली र ईश्वर पोखरेल प्यानल नै बनाएर चुनावीमा प्रतिस्पर्धामा उत्रिएका थिए ।

ओली प्यानलबाट १७ जना विजयी हुँदा पोखरेल प्यानलबाट दुई जना मात्रै विजयी भएका छन् ।

१९ सदस्यीय पदाधिकारी टोलीमा अधिकांश पुराना अनुहारहरू नै निरन्तरता पाएका छन् भने केही नयाँ अनुहारहरू पनि समावेश भएका छन् ।

सम्बन्धित समाचार