AarthikBikash
बिहिबार, पुस ३, २०८२
  • होमपेज
  • राजनीति
  • एमालेको ११औं महाधिवेशन : यस्तो छ निर्वाचित केन्द्रीय कमिटी

एमालेको ११औं महाधिवेशन : यस्तो छ निर्वाचित केन्द्रीय कमिटी

  • बिहिबार, पुस ३, २०८२
एमालेको ११औं महाधिवेशन : यस्तो छ निर्वाचित केन्द्रीय कमिटी

काठमाडौं-नेकपा एमालेको ११औ‍ँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको विवरण सार्वजनिक भएको छ । अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित भएका छन् । पदाधिकारीमा पनि ओली पक्ष हाबी भएको छ ।

एमालेको ११औं महाधिवेशनमा अध्यक्ष ओली र ईश्वर पोखरेल प्यानल नै बनाएर चुनावीमा प्रतिस्पर्धामा उत्रिएका थिए ।

अध्यक्षमा प्रतिस्पर्धा गरेका ईश्वर पोखरेल प्यानलबाट दुई जना गोकर्ण विष्ट (उापध्यक्ष) र योगेश भट्टराई (उपमहासचिव) मात्रै विजयी भए ।

उपाध्यक्षमा ओली प्यानलका ३ जना उम्मेदवार निर्वाचित भएका छन् । ईश्वर पोखरेल प्यानलका एक र स्वतन्त्र एक उपाध्यक्षमा विजयी भएका छन् । ओली प्यानलबाट उपाध्यक्षमा दोहोरिनेहरूमा विष्णु पौडेल र रामबहादुर थापा रहेका छन् ।

पौडेलले १ हजार ६ सय ७५ मत ल्याउँदा थापाले १ हजार ५ सय १६ मत प्राप्त गरे ।

त्यस्तै पूर्वउपमहासचिव पृथ्वीसुब्बा गुरुङ लोकप्रिय मत (१७३७) प्राप्त गर्दै उपाध्यक्षमा विजयी भएका हुन् ।

त्यस्तै पूर्वसचिवसमेत रहेका गोकर्ण विष्ट पोखरेल समूहबाट १ हजार ३ सय ६८ मतसहित उपाध्यक्षमा विजयी भएका छन् । संस्थापन पक्षबाट उपाध्यक्षको उम्मेदवार सूचीमा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका रघुजी पन्त पनि १ हजार २ सय ५८ मतसहित विजयी भएका छन् ।

महासचिवमा ओली प्यानलकै शंकर पोखरेल निर्वाचित भएका छन् । उनी यसअघि पनि महासचिव थिए । उनी १२ सय २८ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९९९ मत ल्याए ।

उपमहासचिवमा ओली प्यानलकै लेखराज भट्ट र रघुवीर महासेठ तथा पोखरेल प्यानलका योगेश भट्टराई विजयी भएका छन् । भट्टले १४५२, महासेठले १३६८ र योगेश भट्टराई १३४८ मत ल्याए ।

९ सचिवमा भने ओली प्यानल नै निर्वाचित भयो । जसमा सबैभन्दा धेरै मत महेश बस्नेतले प्राप्त गरेका छन् ।

बस्नेतले १५४४ मत पाए । यस्तै, दोस्रो स्थानमा पद्माकुमारी अर्याल छिन् । उनले १५३० मत पाइन । त्यसैगरी छविलाल विश्वकर्माले १५०६, शेरधन राईले १५०३, हिक्मतकुमार कार्कीले १३३७, खगराज अधिकारीले १२३१, यामलाल कँडेलले ११८५ र राजन भट्टराई ११८१ र भानुभक्त ढकाल ११०८ मतसहित सचिवमा निर्वाचित भए ।

केन्द्रीय सदस्यमा १५ जना युवा ४० वर्ष मुनिको कलस्टरबाट निर्वाचित भएका छन् ।

सुदूरपश्चिम प्रदेशबाट गोविन्द गिरी, कर्णाली प्रदेशबाट रुद्रबहादुर शाही, लुम्बिनी प्रदेशबाट लिलामणि गौतम, गण्डकी प्रदेशबाट नवराज ओझा, बागमती प्रदेशबाट निशा अधिकारी, मधेश प्रदेशबाट मोबिन आलम र कोशी प्रदेशबाट क्षितिज थेवे निर्वाचित भएका छन् ।

राजधानी विशेषबाट ४० वर्ष मुनिको कलस्टरमा सुनिता डंगोल, आदिवासी जनजातितर्फबाट मनोत ताम्ली र सम्राट गौचन, मधेशी तर्फबाट अमरकुमार यादव र रोनित साह, दलिततर्फबाट निता घतानी निर्वाचित भएका छन् ।

केन्द्रीय सदस्य खुलामा रहेको ४० मुनिको कलस्टरबाट नरेश रोकाया र सुशीलकुमार थापा निर्वाचित भएका छन् ।

यस्तो छ मत परिणाम

सम्बन्धित समाचार