mega darknetmega darknet
AarthikBikash
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • फिचर
  • निहारिका राजपुतका छोराको डीएनए शिवराज श्रेष्ठसँग मिल्यो

निहारिका राजपुतका छोराको डीएनए शिवराज श्रेष्ठसँग मिल्यो

  • शुक्रबार, पुस ४, २०८२
निहारिका राजपुतका छोराको डीएनए शिवराज श्रेष्ठसँग मिल्यो

काठमाडौं – ‘कुमारी आमा’मा चिनिएकी निहारिका राजपुतको छोरा र बलात्कार आरोपी शिवराज श्रेष्ठबीच डीएनए मिलेको छ । निहारिकाको मागअनुसार गरिएको परीक्षणमा उनको छोरा र श्रेष्ठको डीएनए मिलेको उच्च अदालत जनकपुरले जनाएको छ ।

डीएनए परीक्षण र मिलेको अवस्थामा श्रेष्ठलाई बलात्कारको आरोपमा सजायको माग गर्दै अनशन बसेकी निहारिकाकै मागअनुसार उनका छोरा र श्रेष्ठको डीएनए ललितपुरको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिएको थियो ।

उच्च अदालत, जनकपुरले निहारिकाको छोरा र श्रेष्ठको डीएनए परीक्षण गर्न गत ८ भदौमा आदेश दिएको थियो । डीएनए परीक्षणको रिपोर्ट उच्च अदालतमा पेस भएको छ ।

सम्बन्धित समाचार