AarthikBikash
आइतवार, माघ २६, २०८२
  • होमपेज
  • फिचर
  • बदनियतपुर्वक काम गर्ने लघुबित्तलाई कारबाही गर्नुपर्छ : गगन थापा

बदनियतपुर्वक काम गर्ने लघुबित्तलाई कारबाही गर्नुपर्छ : गगन थापा

  • शुक्रबार, पुस ४, २०८२
बदनियतपुर्वक काम गर्ने लघुबित्तलाई कारबाही गर्नुपर्छ : गगन थापा

काठमाडौं-नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले बदनियत पुर्वक काम गर्ने लघुबित्तहरुलाई कारबाही गर्न माग  गरेका छन् ।

प्रतिनिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद थापाले लघुबित्तका कारण कयौंको आर्थिक अवस्था डमाडोल भएको प्रति सरकारले ध्यान दिनु पर्नेमा पनि जोड गरेका छन् ।

 

‘अति न्युन आय भएका गरिबलाई गरिबीको आहालबाट निकाल्नका लागि काम होला भनेको कयौं लघुवित्तका कारणले गर्दा गरिब उठनै नसक्ने गरिकन थला परेका छन्’ थापाले बैठकमा भने, ‘तत्काल गर्जो टार्न जहाँबाट जस्तो भए पनि ऋण लिने ग्राहक र अनुमति दिँदा हात फैलाउने र सुपरिवेक्षण गर्दा मुठ्ठी कस्ने राष्ट्र पनि यसको जिम्मेवार छन्, यही कारणले गर्दा लघुवित्तको संकट देखिएको हो।’

उनले अगाडी भने, ‘मर्कामा परेकालाई राहत दिनुपर्छ। बदनियतसाथ काम गर्ने लघुवित्त संस्थालाई कारबाही गर्नुपर्छ ।’

सम्बन्धित समाचार