mega darknetmega darknet
AarthikBikash
मङ्लबार, पुस ८, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • सहकारी ठगीमा गृहमन्त्री लामिछानेविरुद्ध आन्दोलन गर्ने कांग्रेसको निर्णय

सहकारी ठगीमा गृहमन्त्री लामिछानेविरुद्ध आन्दोलन गर्ने कांग्रेसको निर्णय

  • शुक्रबार, पुस ४, २०८२
सहकारी ठगीमा गृहमन्त्री लामिछानेविरुद्ध आन्दोलन गर्ने कांग्रेसको निर्णय

काठमाडौं – नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध चरणबद्ध रूपमा आन्दोलन गर्ने निर्णय गरेको छ ।

सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले शुक्रबार काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

गृहमन्त्री लामिछाने सहकारी ठगीमा जोडिएका सहकारी रहेका क्षेत्रहरु चितवन, पोखरा र रुपन्देहीमा पनि सोही दिन आन्दोलन गर्ने कांग्रेसले जनाएको छ ।

कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका गृहमन्त्री लामिछानेलगायत हिनामिनामा संलग्न अन्यलाई संसदीय छानबिन समिति गठन गरेर कारबाही गर्नुपर्ने माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

त्यसपछि पनि चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम गर्नेगरी कांग्रेसले मिति प्रस्ताव गरेको छ । बैठकपछि कांग्रेसले औपचारिक रूपमा संघर्षका कार्यक्रम घोषणा गर्ने छ। कांग्रेसले सहकारी ठगीमा रवि लामिछाने मुछिएको भन्दै उनीमाथि कारबाहीको माग गर्दै आएको छ ।

सम्बन्धित समाचार