AarthikBikash
बिहिबार, पुस १७, २०८२
  • होमपेज
  • राजनीति
  • एमालेका सरोज यादव मधेश प्रदेशका नयाँ मुख्यमन्त्री नियूक्त्त

एमालेका सरोज यादव मधेश प्रदेशका नयाँ मुख्यमन्त्री नियूक्त्त

  • शुक्रबार, पुस ४, २०८२
एमालेका सरोज यादव मधेश प्रदेशका नयाँ मुख्यमन्त्री नियूक्त्त

काठमाडौं – नेकपा एमालेका संसदीय दलका नेता सरोज यादव मधेश प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गराएकी हुन्।

बर्दिबासस्थित एक होटलमा भण्डारीले यादवलाई मुख्यमन्त्रीको पदमा शपथ खुवाएकी हुन्। आफूसहित चार मन्त्रीले केहीबेरअघि प्रदेशप्रमुखबाट शपथ खाएको यादवले थाहाखबरलाइ जानकारी दिए। आफूसँगै तीन मन्त्रीले पनि शपथ लिएको बताए। ‘मु हिजो बेलुकी नै ख्यमन्त्री नियुक्त भएको हुँ’, उनले भने, ‘प्रदेशप्रमुखज्यू बिरामी भएर काठमाडौँ जान लाग्नुभएकाले हतारहतार होटलमै शपथ लिएका हौँ।’

संविधानको धारा १६८ (३) बमोजिम यादव प्रदेश सभाको ठुलो दलको हैसियतमा मधेश प्रदेशको नयाँ मुख्यमन्त्री बनेका हुन्।

प्रदेश सभाबाट विश्वासको मत नपाउने भएपछि केही दिनअघि मात्र जितेन्द्र सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।

प्रदेश प्रमुख भण्डारी अस्वस्थ भएको भन्दै आज बिहानै जनकपुरबाट काठमाडौँ प्रस्थान गरेकी थिइन्। मुख्यमन्त्री सोनलले उनलाई बिदाइ गरेका थिए।

सम्बन्धित समाचार