AarthikBikash
बिहिबार, चैत्र १२, २०८२
  • होमपेज
  • राजनीति
  • कांग्रेस केन्द्रीय समिति बैठकमा लेखकले भने : नैतिकताको आधारमा राजीनामा दिन्छु भन्दा ओलिले दिन मिल्दैन भन्नु भयो !

कांग्रेस केन्द्रीय समिति बैठकमा लेखकले भने : नैतिकताको आधारमा राजीनामा दिन्छु भन्दा ओलिले दिन मिल्दैन भन्नु भयो !

  • शुक्रबार, पुस ४, २०८२
कांग्रेस केन्द्रीय समिति बैठकमा लेखकले भने : नैतिकताको आधारमा राजीनामा दिन्छु भन्दा ओलिले दिन मिल्दैन भन्नु भयो !

काठमाडौं-निवर्तमान गृहमन्त्री रमेश लेखकले भदौ २३ गते भएको मानवीय क्षतिपछि नैतिकताको आधारमा राजीनामा दिने तयारी गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेको बताएका छन् ।

कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै लेखकले ओलीले राजीनामा रोकेको तर आफूले पत्र दिएर निस्किएको बताए।

बुधबार पार्टीको केन्द्रीय समिति बैठकमा उनले भने- ‘भदौ २३ गतेको मन्त्रिपरिषद्‌मा मेरो सरकारमा अन्तिम दिन थियो ।

बिहानै सभापति शेरबहादुर देउवा कहाँ म गएँ। मलाई दु:ख भयो। मैले राजीनामा गर्छु भनेर प्रस्ताव गरेको थिएँ। राजीनामा मात्रै होइन कांग्रेस सरकारबाट फिर्ता हुने कुरा आएको थियो। निष्कर्ष आएन। म राजीनामा दिन्छु भनेर मन्त्रिपरिषद् बैठकमा गएँ। प्रधानमन्त्रीले राजीनामा दिन मिल्दैन भन्नु भयो। तर मैले यो मेरो अन्तिम क्याबिनेट बैठक हो भनेर राजीनामा दिएँ भनेर लिखित पत्र बुझाएँ।’

लेखकले आन्दोलनका क्रममा धेरै जनाको हताहती भइसकेपछि त्यसको नैतिक जिम्मेवारी लिँदै आफूले राजीनामा दिएको बताए ।

उनले आफनो राजीनामा हुँदै गर्दा सामाजिक सञ्जालको प्रतिबन्ध फुकाउन समेत प्रस्ताव गरेको बताए ।

उनले थपे- ‘सामान्य किसिमले घटेको घटना होइन। प्रधानमन्त्री र तत्कालीन गृहमन्त्रीले गोलि हान्न आदेश दिएको होकि भन्ने हल्ला छ। यो प्रधानमन्त्रीले आदेश दिने विषय पनि होइन, दिनु पनि पर्दैन। मैले भनेको छु-कुनै दुखद् घटना नहोस्। यो समग्र घटना सरकार परिवर्तनका लागि मात्रै हो भने मैले राजीनामा दिएकै थिएँ। प्रधानमन्त्रीले दिनु भएको थियो। ‘

यस्तै विशेष महाधिवेशनतिर पार्टी जानै नहुने भन्दै लेखकले भने- ‘विशेष महाधिवेशन गर्नु भनेको कांग्रेस जंगलभित्र पस्नुजस्तै हो ।’

विशेष महाधिवेशनमा गए पार्टी सग्लो नरहन सक्ने उनको भनाइ थियो।

सम्बन्धित समाचार