AarthikBikash
मङ्लबार, फाल्गुन २६, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै

दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै

  • शुक्रबार, पुस ४, २०८२
दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदैछ। सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल न्यायाधीशमा सुनुवाइका लागि पेशी तोकिएको हो। आन्दोलन घोषणा गरेर भड्काउपूर्ण अभिव्यक्ति दिएको र उनको हर्कतले हिंसा भड्किन सक्ने विश्लेषणपछि प्रहरीले गत मङ्सिर १ गते भक्तपुरको ठिमीस्थित निवासबाट राति १२ बजे पक्राउ गरेको थियो ।

उनले ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने र यातायातसहित सबै क्षेत्र ठप्प पार्ने दाबी गर्दै आएका थिए । प्रसाईँ पक्राउ परेपछि उनका छोरा निराजन प्रसाईँले गैरकानुनीरुपमा आफ्ना बुवालाई थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा मंगलवार बन्दी प्रत्यक्षीकरणको सर्वोच्चमा रिट दर्ता दिएका थिए। उक्त रिटमाथि आज सुनुवाइ हुन लागेको हो ।

रिटमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी , जिल्ला प्रशासन कार्यालय काठमाडौं, जिल्ला प्रहरी परिसर भद्रकाली, प्रहरी प्रधान कार्यालय नक्साल, गृह मन्त्रालय सिंहदरबार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलाई विपक्षी बनाइएको छ। अदालतले उनीमाथि थप अनुसन्धान गर्न ४ दिनको म्याद थप भएको छ।

सम्बन्धित समाचार