काठमाडौं– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवनविरिुद्ध काठमान्डुले पहिले ब्याटिङ गर्ने भएको छ। मैदानमा चितवन राइनोजका कप्तान कुशल मल्लले टस जितेर पहिला फिल्डिङ रोजेपछि काठमान्डुले ब्याटिङ गर्ने भएको हो। काठमान्डुले आजको खेलमा अघिल्लो खेलको टोलीलाई नै निरन्तरता दिएको छ। चितवनले भने अघिल्लो खेलबाट एक खेलाडी परिवर्तन गरेको छ। अमर सिंह राउटेलाको स्थानमा रिजन ढकाल सुरुवाती ११ मा आएका छन्।
चितवन र काठमान्डु दुवैले पछिल्लो खेल जित्दै लयमा फर्केको संकेत गरेका छन् । चितवनले विराटनगर किंग्सको लगातार तीन खेलको अपराजित यात्रा ब्रेक लगाएको थियो भने काठमान्डुले लुम्बिनी लायन्सलाई पराजित गरेको थियो । काठमान्डुले चार खेल खेल्दा २ मा जित र २ मा हारको नतिजा निकालेको छ । चितवनले ३ खेलमा २ खेल जित्दा १ खेलमा पराजित भएको छ । यस्तै, आजै हुने दोस्रो खेलमा कर्णाली र विराटनगर मैदानमा उत्रनेछन् ।