काठमाडौं– उर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेर खुलेको ‘उज्यालो नेपाल पार्टी’ को औपचारिक घोषणा मंसिर १७ गते गरिने भएको छ । आज पत्रकार सम्मेलनमार्फत दिइएको जानकारीअनुसार मंसिर १७ गते दिउँसो १ बजे प्रज्ञा भवन, कमलादीमा घोषणा सभा गरिनेछ ।
विज्ञप्तिमा भनिएको छ- ‘हामी दलहरूको भीडमा थप एक नयाँ दलको रूपमा मात्रै आएका होइनौँ । हामीसँग उज्यालो सपनालाई साकार पार्नसक्ने नेतृत्व, कार्यकुशलता र अनुभव छ । आम नेपाली जनताले विश्वास र भरोसा गरेको नेतृत्व छ । कुरा गरेर होइन, कामबाट प्रमाणित नेतृत्व छ ।’ कार्यक्रमका प्रमुख अतिथि उर्जामन्त्री मन्त्री घिसिङ नै रहनेछन् । त्यस दिन उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२ औपचारिक रूपमा सार्वजनिक गरिने भएको छ ।